समर आउटिङ २००८
२६ जुलाई को दिन मिल्टन किन्सको विलेन लेकमा बर्न्ट ओक नेपाली समाजको समर आउटिङ सम्पन्न भयो । बिहानको ९ बजे बर्न्ट ओक ट्युव स्टेसनमा भेला भई रिजर्ब बस द्घारा कार्यक्रम स्थलतिर सहभागीहरु प्रस्थान गरेका थिए ।
कार्यक्रम स्थलमा पुग्ने बित्तिकै पुरुषहरु तम्वु टाँग्ने, वीवीक्यू पोल्ने लगायत अन्य तयारीमा ब्यस्त भएका थिए भने महिलाहरु कार्यक्रम स्थलमा नै अवस्थित पोडियममा भेला भई गाना गाउँदै पुरुषहरुलाई सामाग्री तयारीमा लाग्न हौसला दिइरहेका थिए । सबै तयारी भई सकेपछि वीवीक्यू र पेय पदार्थ महिलाहरुलाईसमेत सर्विङ गर्न पुरुषहरु नै बढी ब्यस्त देखिन्थे।
कार्यक्रमको औपचारिक चरणमा समाजका अध्यक्ष मोहन गुरुङले स्वागत मन्तब्य राख्नु हुदैँ नयाँ सदस्यता ग्रहण गर्न हुने पुरुषहरुलाई खादा ओढाइ स्वागत गर्नुभयो । महिललाई भने समाजकै सास्कृतिक सचिव कमला गुरुङले खादा ओढाइ स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा आमन्त्रित अतिथि सीयनयस यूकेका डाइरेक्टर डा गोविन्द दाहाललाई पनि अध्यक्ष गुरुङले खादा ओढाई स्वागत गर्नभयो । तत्पश्चात डा दाहालले बेलायतमा हुन गइरहेको नेपाली जनगणनाको औचिचत्य बारेमा प्रष्ट पार्नु भई सहभागीहरुले राखेका विभिन्न जिज्ञासाहरुको सउदाहरण उत्तर दिनु भएको थियो । जनगणनाको फारम सकंलन गर्ने अन्तिम मिति सेप्टेम्बर २००८ रहेको र उक्त संकलित तथ्यांक मार्च २००९ भित्र यूकेको जनगणना विभागमा पेश गरिने पनि वहाँले जानकारी दिनुभयो । यो अभियान सम्पूर्ण बेलायतबासी नेपालीहरुको आवश्यकताको कुरा रहेको र अन्यथा बेलायतको अफिसियल इथिनीक माइनोरिटी गुप्रमा यही २०११ मा बेलायतमा हुन गइरहेको जनगणना नेपालीको पहिचान सामेल गराउन असम्भव हनु जाने भन्नु हुदैं फेरि सो अवसर प्राप्त गर्न २०२१ सम्म प्रितक्षा गर्नु पर्ने पनि वहाँले बताउनुभयो ।
समाजको नव गठित युवा समितिले साचालन गरेको राफल ड्र कार्यक्रम अति नै रोचक थियो । जसको लागि २ जनाको लागि डिनर ओरिएन्टल बफेट गोर्खा ओभनमा समाजका उपाध्यक्ष खामिरजंग मार्फत र ग्रान्ट ह्विस्की समाजका महासचिव लक्ष्य गुरुङको सौजन्यमा प्राप्त भएको थियो । अन्य विभिन्न आर्कषित पुरस्कारहरु स्वयं युवा समितिले बन्दोबस्त गरेको थियो । सो राफल ड्र कन्या गुरुङ, रश्मी गरुङ र जया गरुङले सञ्चालन गर्नुभएको थियो ।
भन्छन् नेपालीलाई जतिसुकै मिठो परिकारहरु सेवन गरे पनि एक गाँस भात खान पाएन भने सन्तुष्ट नै हुदैंन । हो त्यसो भने झै अन्तमा घरबाट तयार गरेर लगेको स्वादिष्ट अचार सँग भातको बि बि क्युलाइ बिर्को लगाइ बेलुकीको सात बजे कार्यक्रम समापन गरियो ।





Recent comments
8 weeks 2 days ago
10 weeks 22 hours ago
10 weeks 3 days ago
10 weeks 3 days ago
10 weeks 5 days ago
10 weeks 6 days ago
10 weeks 6 days ago
10 weeks 6 days ago
11 weeks 1 hour ago
11 weeks 1 hour ago