ESOL अंग्रेजी भाषाको समस्यको समाधन
मेरो नाम कमला कुमारी गुरूङ । म २००२ सालको अगष्ट महिनामा बेलायत अएको थिए । रोजगार मुलुक देश भएर होला म पनि रोजगार खोज्नुको लागि जहाँ गए पनि अग्रेजी भाषाको समस्यले मलाई पनि नसताएको होईन । त्यसकारण म अंग्रेजी पढ्नको लागि college खोज्न पर्ने बाध्य भयो र मेरो श्रीमान खमिरजङले पढ्ने सबै ब्यवस्था पनि मिलाईदिनु भयो । ९ महिना पढ्दा पढ्दै कामको कारणले पुरा गर्न पाएन । त्यसपछि २ बर्ष बित्यो । फेरि पढ्ने अठोट गरेर Barnet collegeमा Entry 1मा भर्न भए । तर मलाई धेरै समस्याहरूले सतायो । जस्तै आमाको भुमिका, गृहणी, पत्नीको भुमिका, कामदार र समाजसेविका । जे होस मैले मेरो तल्लो कक्षाको भए पनि मेरो बिधार्थी जिवन निरन्तर बनाएर मा बुलुकीको कक्षामा अध्ययन गर्थे ।
यसै प्रसगंमा मैले छोटो लेख लेख्न गईरहेकोछु, बिशेष गरि दिदी बहिनीहरूको लागि । ESOL भनेको के हो भन्ने जानकारी गराउछु । ESOL भनेको English for Speaker of Other Language हो । भाषा सञ्चार सम्पर्कको प्रमुख साधन हो । बिशेष गरेर भाषालाई लेख्य र कब्य गरी दुई भागमा बिभाजन गरिएको छ । त पनि आजकाल संकेतिक भाषाको पनि त्यतिकै अमुल्य स्थान रहेको पाईन्छ । बेलायत जस्तो देशमा अंग्रेजी भाषाको महत्व कम्ति छैन । त्यो त भनिरहनु परेन । रोजगार खोज्न जानुस् वा रोजगारी गर्न होस अंग्रेजी भाषा बिना मनमा नचिताए पनि हुन्छ । आजभोलि बृटिस नागरिकता लिनु पर्दा अंग्रेजी भाषाको परिक्षा दिनु पर्ने भएकोले हामी जस्ता बिदे्रीहरू जस्को भाषा अंग्रजी भाषा कमजोर छ उसले अंग्रजी भाषा सिक्न नितान्त आवश्यक छ । नेपालीहरू मात्र होएन, संसारको जुनसुकै कुनाबाट आएको ब्यत्ति जसको अंग्रेजी भाषामा कमजोर हुनु स्वभाविकै हो । त्यसैले बेलायतको बिभिन्न बिधालय वा बिश्वबिधालयहरूमा अंग्रजी भाषा नजान्नेहरूका लागि को पढाई हुन्छ ।
ESOL अन्रगत बिशेष गरेर भाषाका बिविध सीपहरूलाई जोड दिएर पढाईने हुनालै मा छिट्टो भन्दा छिट्टो सिक्न सक्छन् । नेपाली भाषामा सुनाई, बोलाई, पढाई र लेखाई एकैसाथमा जोड दिएर पढाए जस्तै मा पनि निम्न भाषिक सीपहरूलाई जोड दिईन्छ । जस्तै:
१ सुनाई र बोलाई (Listening and Speaking)
२ पढाई र लेखाई (Reading and Writing)
३ सब्दकोष (Vocabulary)
४ ब्याकरण र शुद्घाशुद्घि (Grammar and Punctuations)
अतः भाषा सिक्दा माथि उल्लेख गरिएका सब सिपहरूलाई संगसंगै पढ्नु पर्ने हुन्छ । बिधार्थीहरूको क्षमता र हितलाई ध्यानमा राखेर बेलायतको कलेजहरूले ESOLको ब्यवास्थ गरे जस्तै Barnet College ले पनि अत्यन्तै उच्चस्तरको पढाई संचालन गरेको छ । Barnet Collegeको ESOL बिभागले संख्यात्मक भन्दा गुणात्मक शैक्षिक पद्घातिला जोड दिएको छ । यसो हुनको कारण यहाको प्रशिक्षकहरूले अत्यन्त कुशल र निपुर्ण मानिन्छन । प्रशिक्षकहरू बिधार्थीहरूको रूचि र आवश्यकता अनुसार पाठ्यक्रम निर्माण गरेर शिक्षण गर्दछन् । यिनै बिशेषताहरूको कारणले होला, जुनसुकै भाषिक समुदायबाट आएको भएपनि उनिहरू सजिलै अंग्रजी भाषा ग्रहण गर्छन् । यसले बिभिन्न कम्पनिहरूको आवश्यकता अनुसार रोजगारमुलुक प्रशिक्षणहरू पनि उपलब्ध गराउन प्रोत्साहन दिन्छ ।
त्यसैकारणले गर्दा मैले Barnet College बाट Entry Level 3 पास गरीसकेकोछु । म जस्ा जति पनि नेपालमा सरकारी स्कूलमा पढेर आएका हरूलाई ठुलो उपलब्धीको रूपमा लिन सकिन्छ । यसमा मैले University of Cambridgeको Cirtificate प्राप्त गरेकोछु । यस अध्ययनले मलाई अंग्रेजी भाषाको समस्य धेरै हदसम्म समाधन गरेकोछ । काममा होस या साधारण बोलचालमा होस यस ले मलाई अत्यन्तै सहयोग पुर्याएको छ र अत्मविश्वास बढाएकोछ । म सम्पुर्ण नेपाली नारी जगत जो अंग्रेजी भाषामा समस्य छ, उहाहरूले पनि यस सुगम अवासरको उपयोग गरि, हाम्रो पढ्ने उमेर गयो नभनिकन् अंग्रजी भाषा सिकी उज्जवल भविष्य सुनिष्चित गर्न आग्रह गर्दाछु ।
कमला कुमारी गुरूङ
हाल: बर्न्ट ओक
नेपालमाः लालीगुराँस टोल, पोखरा

Recent comments
1 year 21 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago
1 year 44 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago