ESOL अंग्रेजी भाषाको समस्यको समाधन
मेरो नाम कमला कुमारी गुरूङ । म २००२ सालको अगष्ट महिनामा बेलायत अएको थिए । रोजगार मुलुक देश भएर होला म पनि रोजगार खोज्नुको लागि जहाँ गए पनि अग्रेजी भाषाको समस्यले मलाई पनि नसताएको होईन । त्यसकारण म अंग्रेजी पढ्नको लागि college खोज्न पर्ने बाध्य भयो र मेरो श्रीमान खमिरजङले पढ्ने सबै ब्यवस्था पनि मिलाईदिनु भयो । ९ महिना पढ्दा पढ्दै कामको कारणले पुरा गर्न पाएन । त्यसपछि २ बर्ष बित्यो । फेरि पढ्ने अठोट गरेर Barnet collegeमा Entry 1मा भर्न भए । तर मलाई धेरै समस्याहरूले सतायो । जस्तै आमाको भुमिका, गृहणी, पत्नीको भुमिका, कामदार र समाजसेविका । जे होस मैले मेरो तल्लो कक्षाको भए पनि मेरो बिधार्थी जिवन निरन्तर बनाएर मा बुलुकीको कक्षामा अध्ययन गर्थे ।
ESOL अन्रगत बिशेष गरेर भाषाका बिविध सीपहरूलाई जोड दिएर पढाईने हुनालै मा छिट्टो भन्दा छिट्टो सिक्न सक्छन् । नेपाली भाषामा सुनाई, बोलाई, पढाई र लेखाई एकैसाथमा जोड दिएर पढाए जस्तै मा पनि निम्न भाषिक सीपहरूलाई जोड दिईन्छ । जस्तै:
१ सुनाई र बोलाई (Listening and Speaking)
२ पढाई र लेखाई (Reading and Writing)
३ सब्दकोष (Vocabulary)
४ ब्याकरण र शुद्घाशुद्घि (Grammar and Punctuations)
त्यसैकारणले गर्दा मैले Barnet College बाट Entry Level 3 पास गरीसकेकोछु । म जस्ा जति पनि नेपालमा सरकारी स्कूलमा पढेर आएका हरूलाई ठुलो उपलब्धीको रूपमा लिन सकिन्छ । यसमा मैले University of Cambridgeको Cirtificate प्राप्त गरेकोछु । यस अध्ययनले मलाई अंग्रेजी भाषाको समस्य धेरै हदसम्म समाधन गरेकोछ । काममा होस या साधारण बोलचालमा होस यस ले मलाई अत्यन्तै सहयोग पुर्याएको छ र अत्मविश्वास बढाएकोछ । म सम्पुर्ण नेपाली नारी जगत जो अंग्रेजी भाषामा समस्य छ, उहाहरूले पनि यस सुगम अवासरको उपयोग गरि, हाम्रो पढ्ने उमेर गयो नभनिकन् अंग्रजी भाषा सिकी उज्जवल भविष्य सुनिष्चित गर्न आग्रह गर्दाछु ।
कमला कुमारी गुरूङ
हाल: बर्न्ट ओक
नेपालमाः लालीगुराँस टोल, पोखरा

Recent comments
1 year 21 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago
1 year 44 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago
1 year 46 weeks ago