बर्न्ट ओक समाज र सांसदबीच भेटघाट
27 Jun 2009
बर्न्ट ओक नेपाली समाजका प्रतिनिधि तथा हेन्डन निर्वाचन क्षेत्रका सांसद एन्ड्रयू डेसमोरबीच गत शनिवार भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । हेण्डनमा वसोवास गरिरहेका नेपालीहरुलाई कस्तो सेवा सुविधा तथा सहुलियत दिन सकिन्छ भन्ने विषयमा छलफल गर्न उक्त भेटघाट कार्यक्रम सांसद एन्ड्रयूको पहलमा नै भएको थियो ।
भेटघाट कार्यक्रममा बर्न्ट ओक नेपाली समाजको तर्फबाट महासचिव लक्ष्य गुरुङको नेतृत्वमा कोषाध्यक्ष उदय गुरुङ सांस्कृतिक सचिव श्रीमती कमला गुरुङ खेलकुद सचिव बेनकुमार गुरुङ पव्रक्ता प्रेम गरुङ तथा सदस्यहरु श्रीमती दुर्गा गुरुङ र रमेश गुरुङ सहभागी हुनुभएको थियो ।
भेटघाटमा सांसद एन्ड्रयूले नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने कार्यमा आफुले भरपरु सहयागे गर्ने र अहिलेलाई बन्टोक पुस्तकालयमा नेपाली पुस्तकहरु उपलव्ध गराउने बचन दिनुभएको थियो ।
भेटघाटको प्रमुख मुद्दा गोर्खाहरुको समान पेन्सन सम्वन्धमा सांसद एन्ड्रयूले अहिलेसम्म १६ जना सांसदहरुले समर्थन गरेको मेमो देखाउनुभएको थियो । साथै उहाँले आफूले हाउस अफ कमन्समा गोर्खाहरुको समान पेन्सनको लागि वोलेको पनि उल्लेख गर्नु भयो ।
छलफलकै क्रममा महासचिव लक्ष्य गुरुङले गोर्खाहरुको समान पेन्सनको लागि एक पत्र पनि बुझाउनुभएको थियो । सौहार्दपूर्ण वातावरणमा भएको उक्त कार्यक्रम करिव आधा घण्टा चलेको थियो ।

Recent comments
1 year 1 week ago
1 year 6 weeks ago
1 year 6 weeks ago
1 year 24 weeks ago
1 year 25 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago