नेपालको ऐन-नियम अब वेबसाइटमा
विमल गौतम
काठमाडौं, खोजेको ऐन र नियम नपाएर हैरान हुनुहुन्छ ? पुराना कानुनी दस्तावेज नभेटेर दिक्क पो लागेको छ कि ? यस्ता समस्याले पिरोलिरहनुभएको छ भने अब ढुक्क हुनुहोस् । समाधान दिनेछ, वेबसाइट 'डब्लूडब्लूडब्लू डट ल कमिसन डट जीओभी डट एनपी' (www.lawcommission.gov.np) ले । नेपाल कानुन आयोगले निर्माण गरेको यो वेबसाइट बिहीबारदेखि सञ्चालनमा आएको छ । यसमा मुलुकका सबै संविधान, कानुन र नियमावली राखिने छन् । आयोगले अहिलेसम्म नेपाली भाषाका ९८ वटा ऐन राखिसकेको छ । ३३ वटा ऐन अंग्रेजीमा अनुवाद गरेको छ ।
'कानुनको अज्ञानता क्षम्य हुँदैन,' आयोगका सचिव मोहन बन्जाडेले कान्तिपुरसित भने, 'जनतालाई कानुनी ज्ञान सित्तैमा उपलब्ध गराउनुपर्छ र राज्यले कानुन बेचेर आर्जन गर्नु हुँदैन भन्ने उद्देश्यले यो सुविधा उपलब्ध गराइएको हो ।'
कम्प्युटर र इन्टरनेट सुविधा हुनेले संविधान, कानुन र नियम सित्तैमा पढ्न एवं प्रयोग गर्न पाउने छन् । 'डाउनलोड गरेर पि्रन्टसमेत गर्ने सुविधा छ,' उनले भने । अहिलेसम्म अंग्रेजीमा उल्था गरिएका कानुन विशेषगरी विदेशी लगानी, उद्योग, व्यवसायसँग सम्बन्धित छन् । क्रमशः सबैलाई उल्था गरिने उनले बताए । नेपालीमा बनेको कानुनलाई अंग्रेजी उल्था गर्दा लाग्ने खर्चको तनाव वेबसाइटले कम गर्नेछ भने इन्टरनेट सुविधाका लागि पैसा तिरेपछि संविधान, ऐन एवं नियम सित्तै पढ्न पाइने सुविधा थपिनेछ ।
वेबसाइटमा २००४ सालदेखिका संविधान राखिनेछ । सबै संविधान एकैपटक हेर्न सकिनेछ । सरकारी तथ्यांकअनुसार मुलुकमा अहिलेसम्म ३ सय ५ ऐन छन् ।
Source: kantipuronline.com

Recent comments
1 year 26 weeks ago
1 year 31 weeks ago
1 year 31 weeks ago
1 year 49 weeks ago
1 year 51 weeks ago
1 year 51 weeks ago
1 year 51 weeks ago
1 year 51 weeks ago
1 year 51 weeks ago
1 year 51 weeks ago