दशैं तथा तिहार २०६६ कार्यक्रम
बर्न्ट ओक नेपाली समाज, लण्डनले आफ्नो वाषिर्क कार्यक्रम मध्येको दशैं तिहार भव्यताका साथ सम्पन्न गरेको छ । समाजले गत १० अक्टोवर शनिबार बर्न्ट ओककै संगम भवनमा सो कार्यक्रम आयोजना गरेको हो ।
साँझ ६ बजेदेखि सुरु भएको सो कार्यक्रममा ४०० जनाको उपस्थिति थियो । सहभागीहरुले आपसमा दशैं र तिहारको शुभकामना आदानप्रदान गरेका थिए । जलपान, सेल रोटी, चट्नी, आलुदम जस्ता स्वादिष्ट नेपाली परिकारहरु स्टार्टरका रुपमा उपलव्ध गराइएको थियो ।
समाजका अध्यक्ष मोहन गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको औपचारिक चरण हालै जीसीएसई, बीटेक, ए लेभल र डिग्रीमा सफलता हासिल गरेकाहरुलाई खादा ओढाई अभिनन्दन गरियो भने समाजमा नयाँ सदस्यता ग्रहण गरेका नयाँ सदस्यहरुलाई पनि खादा ओढाई स्वागत सम्मान गरियो ।
सोही अवसरमा तमु धी लण्डनले आयोजना गरेको अन्तर समाज लोकनृत्य प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
आमन्त्रित अतिथिहरुको मन्तव्यको क्रममा बारनेट काउन्सिलका पूर्व मेयर, हाल काउन्सिलर जोन मार्शलले गोर्खालीले बेलायतप्रति दिएको बफादार सेवाको प्रशंसा गर्दै आभार व्यक्त गर्नु भएको थियो । बारनेट भोलुन्टर सर्भिस काउन्सिलका प्रतिनिधि सान्द्र फुलहामले समाजको सांगठनिक गतिविधि र अधिकतम सदस्यहरुको उपस्थितिले आफू प्रभावित भएको बताउनु भयो ।
बर्न्ट ओक नेपाली समाज, सन् २००४ सालदेखि बारनेट भोलुन्टर सर्भिस काउन्सीलको सदस्य रही आएको छ । बर्न्ट ओक कै वडा काउन्सिलर चार्लि ओमकाउलेले आफूलाई यस समाजको सदस्य सरह ठानेको र आफ्नो तर्फबाट हरप्रकारको सहयोग हुने बचन दिनु भयो ।
हालै सम्पन्न वाषिर्क सभामा चयन गरिएको नयाँ कार्यसमितिको परिचय गराइएको थियो । नयाँ कार्य समितिले आगामी जनवरीदेखि कार्यभार सम्हाल्ने छ ।
सांस्कृतिक कार्यक्रम यस दशैं तिहार कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । 'मायाँले मार्यो कि रेशम' बोलको गीतमा आरन गुरुङ, 'हिमचुलीको चिसो हावैमा' बोलको सेलो गीतमा कृपा, अशिमा र विनित गुरुङ, 'माइती घरमा' सेलिना र सलिना गुरुङ, 'सधैं मेरो जीवनमा' भन्ने कौडा गीतमा अशिमा घले, सृजना लिम्बु, विनिता गुरुङ, दृष्टि गुरुङ, इन्दिर घले, रोशनी थापा मगर, 'कति राम्रो' भन्ने गीतमा सुजाता गुरुङ, 'ब्यर्थै लाएछु टाढा पिरती' बोलको गीतमा आशा, अनिता र डीके पुनले बेजोड नृत्य प्रदर्शन गर्नु भएको थियो ।
दशैंको शुभकामनामा प्रचलित विभिन्न काव्य, सायरी, गीतहरुसाग जोड्दै समाजका प्रवक्ता प्रेम गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा फूल मन्जुरीले बोलको गीतमा श्रीमती माया गुरुङको नृत्य, खमिर जंग, श्रीमती कमला गुरुङ र मञ्जु गुरुङको युगल गानले कार्यक्रममा बेग्लै रौनक छाएको थियो ।
बरदान गुरूङले कार्यक्रमको फोटोहरू कैद गरेको छ भने पनेपाली टि.भि. का केश गुरूङले भिडियो खिचिको छ ।
कार्यक्रमको अन्तमा डिजेद्वारा प्रस्तुत विभिन्न गीतका धुनमा सामुहिक नृत्य गर्दै नेपाली नयाँ वर्षमा पुनः यसरी नै भेट्ने बाचा गर्दै राती १२ बजे सहभागीहरु विदा भएका थिए ।

Recent comments
1 year 1 week ago
1 year 6 weeks ago
1 year 6 weeks ago
1 year 23 weeks ago
1 year 25 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago
1 year 26 weeks ago