News बर्न्ट ओक समाचार
Dashain & Deepawali Celebration 2008
Submitted by admin on Tue, 14/10/2008 - 11:59To view the Photos of the day, Please CLICK HERE
सप्तकोषी तटबन्ध बाढी प्रकोपको अपिल
Submitted by admin on Fri, 05/09/2008 - 12:58बर्न्ट ओक नेपाली समाज, लण्डनले सप्तकोषी तटबन्ध बाढी प्रकोप पीडितलाई सहयोग स्वरूप २०० पाउन्ड गैरआवासिय नेपाली सघं यू के मार्फत प्रदान गरिएकोछ ।
यस राहतकार्यको लागि समाजका पब्लिक रिलेसन अफिसर श्री सुरेश गौतम चन्द संकलन गर्न संलग्न हुनुहुन्छ । स्मरण रहोस, वहाँ नेपाली समाज यू के का अध्यक्ष समेत हुनुहुन्छ । ईच्छुक दाताहरूले तुरून्त सम्पर्क गर्नुहोला ।
Mr. Suresh Gautam
Tel. 02089598441
Mob. 07838105054
बर्न्ट ओक नेपाली समाज, लण्डनका सदस्यहरूले ब्यत्तिगत रूपमा चन्द सहयोग दिएको बिबरण यथसिध्र उपलब्ध गराइनेछ ।
हार्दिक बधाई - सुश्री ईश्वरी गुरूङलाई
Submitted by admin on Tue, 26/08/2008 - 08:00
प्रत्येक आमा बाबाको आकांक्ष हुन्छ, आफ्नो छोराछोरीले सफलता चुमि उज्जलमय भविष्य बनाउन सकोस् । यहि सकारले प्रफुल्ल बनेकोछ श्री लक्ष्य गुरूङ र श्रीमति शोभा गुरूङ, छोरी सुश्री ईश्वरीको सन् २००८को A Levelमा उत्कृष्ट नतिजा हासिल गरेकोमा । जसमा Biology, Chemestry र Maths सबै बिषायमा A Grades प्राप्त गरेकोछ ।
समर आउटिङ २००८
Submitted by Prem Gurung on Fri, 01/08/2008 - 16:07२६ जुलाई को दिन मिल्टन किन्सको विलेन लेकमा बर्न्ट ओक नेपाली समाजको समर आउटिङ सम्पन्न भयो । बिहानको ९ बजे बर्न्ट ओक ट्युव स्टेसनमा भेला भई रिजर्ब बस द्घारा कार्यक्रम स्थलतिर सहभागीहरु प्रस्थान गरेका थिए ।
कार्यक्रम स्थलमा पुग्ने बित्तिकै पुरुषहरु तम्वु टाँग्ने, वीवीक्यू पोल्ने लगायत अन्य तयारीमा ब्यस्त भएका थिए भने महिलाहरु कार्यक्रम स्थलमा नै अवस्थित पोडियममा भेला भई गाना गाउँदै पुरुषहरुलाई सामाग्री तयारीमा लाग्न हौसला दिइरहेका थिए । सबै तयारी भई सकेपछि वीवीक्यू र पेय पदार्थ महिलाहरुलाईसमेत सर्विङ गर्न पुरुषहरु नै बढी ब्यस्त देखिन्थे।
नयाँ बर्ष २०६५ सालको कार्यक्रम
Submitted by admin on Sat, 03/05/2008 - 11:22लण्डन, १२ अप्रिल २००८;
बर्न्ट ओक नेपाली समाज, लण्डनको नयाँ बर्ष २०६५ सालको उपलक्ष्यमा आयाजित कार्यक्रम वाल्टिङ कम्यूनिटी हलमा सम्पन्न भएको छ । हल सजावट र अन्य तयारीका लागि समाजका सक्रिय सदस्यहरु दिउँसो १ बजे कार्यक्रम स्थलमा भेला भएका थिए भने ५ बजेबाट समाजका सदस्यहरुको कार्यक्रममा आगमन सुरु भएको थियो ।





Recent comments
8 weeks 1 day ago
10 weeks 21 hours ago
10 weeks 3 days ago
10 weeks 3 days ago
10 weeks 5 days ago
10 weeks 6 days ago
10 weeks 6 days ago
10 weeks 6 days ago
11 weeks 41 min ago
11 weeks 43 min ago